FAQs Complain Problems

जोखिम बालबालिकाको हातमा शैक्षिक सामग्री

जोखिम बालबालिकाको हातमा शैक्षिक सामग्री

बर्दिबास नगरपालिका वडा नं.१,२ र ३ का जोखिममा परेका  बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा सामुदायिक परीवार संघ महोत्तरीको आयोजनामा बर्दिबास नगरपालिका प्रागंणमा  सो सामग्री वितरण गरिएको हो । बर्दिबास स्थित विभिन्न विधालयमा अध्ययनरत ८ जना बालबालिकाहरुलाई कापि,डटपेन,पोशाक,जुतामोजा,व्याग,चप्पल,बक्सा लगायतका सामग्री वितरण गरिएको बर्दिबास नगरपालिकाका निमित कार्यकारी अधिकृत चक्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा नगरका महिला संजाल,बाल संजाल लगायतका प्रतिनिधिहरुको सभागिता रहेको बर्दिबास नगरपालिकाकी सामाजिक परिचालक सरस्वति काफ्लेले बताउनु भयो ।