FAQs Complain Problems

नगर परिचय

१.१.१ भौगोलिक अवस्थिति
अक्षांश : २६ डिग्री ५४’६.८४” देखि २७ डिग्री ०८’ ४६.९०”
देशान्तर : ८५ डिग्री ४७’ ४२.६७” देखि ८५ डिग्री ५६’ ४२.९७”
सिमानाः
पूर्वमा :  धनुषा जिल्लाको मिथिला नगरपालिका  र महाेत्तरी जिल्लाकाे भंगाहा नगरपालिका ।
पश्चिममा : सर्लाही र महाेत्तरीकाे सिमाना बाँके खाेला, र गौशाला नगरपालिका ।
        उत्तरमा : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका ।
दक्षिणमा : महोत्तरी जिल्लाको अाैरही नगरपालिका र भंगाहा नगरपालिका ।
उचाईः     समुद्र सतहबाट तल्लो सतह १३६ मिटर देखि माथिल्लो सतह ७७४ मिटर सम्म ।
जनसंख्या : ६६३५८
महिलाकाे संख्या : ३२७९०
पुरूषकाे संख्या : ३३५६८
क्षेत्रफल   : ३१५ ।६ वर्ग कि.मि.
लम्बाईः    सरदर २७ कि.मि   .                                                                                                                                                                     
औषत चौडाईः    सदरदर १५ किलोमिटर
हावापानी : ६०० मिटर भन्दा तल उष्ण र ६०० मिटर भन्दा माथि उपोष्ण जलवायू पाईन्छ ।
औषत वर्षा : १८४१ मिलिमिटर    
सापेक्षित आद्रता : ५७%
१.१.२ नगरको नामाकरण
महोत्तरी जिल्लाको नामाकरणका सन्दर्भमा महोदरी नामक व्राम्हणले हालको महोत्तरी गा.वि.स.मा करिब पाँच विगाहको पोखरी खनाई उक्त पोखरीको नाम आफ्नो नामबाट नामाकरण गराएका थिए र सोही पोखरीको नामबाट जिल्लाको नाम महोत्तरी रहन गएको हो भन्ने जनविश्वास रहेको छ ।
यसै गरी बर्दिबासको नामाकरण सम्वन्धमा महोत्तरीको दक्षिणवर्ती गाविसहरु औरही, गौशाला, रामगोपालपुर लगायतका गा.वि.स. र दोश्रो मुलुक भारतीय क्षेत्रबाट पनि मानिसहरु चुरे क्षेत्रबाट काठ ढुवानी गर्दा विश्राम स्थलको रुपमा हाल बर्दिबास नगरपालिकाको वडा नम्बर २ मा अवस्थित कामेश्वरनाथ महादेव मन्दिर तथा पोखरी रहेकै स्थान वरिपरिको स्थानलाई  प्रयोग गर्दथें । त्यस समयमा काठ ओसारपसार गर्नका लागि सवारी साधनको रुपमा गोरुगाडा प्रयोग हुन्थ्यो ।  पोखरी वरिपरि मानिस तथा गोरुहरुलाई पनि रात्री बास गराइन्थ्यो । मैथिली भाषामा गोरुलाई ‘बरद’ भन्ने चलन रहेको हुदाँ बरद वास बसेको हुदा ‘बरदबास ’भन्ने चलन रह्यो । पछि जनमानसमा बरदबासको अपभ्रंस भई ‘बर्दिबास’  भन्ने चलन स्थापित भएको जनविश्वास रहेको छ भने कतिपयले भारतबाट जागिरको क्रममा घर फर्कने सिपाहीहरुले बर्दि खोलेर बास बसेको कारण यसको नाम “बर्दिवास” रहन गएको हो भन्ने भनाई रहेको छ। तर पनि यी नामहरुको वारेमा खोजीकै विषय रहेको छ ।

     । यो वि.सं. २०७१ साल मंसिर १६ गतेको नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार घोषण भएको हो । साविकका ४ (चार) वटा बर्दिबास, माइस्थान, गौरीबास र किसाननगर गा.वि.स. एकिकृत भइ २०७१ मंसिर १६ मा  बर्दिवास नगरपालिका घोषण गरिएको मा २०७३ फाल्गुन २७ गते देश संघीय संम्रचनामा गए संगै थप ४ वटा गाविसहरू , हाथिलेट, पशुपती नगर, खयरमारा, र विजलपुरा समाहित भइ हालकाे बर्दिबास नगरपालिका कायम भएकाे छ। यो महोत्तरी जिल्लाको उत्तर पूर्वको चुरे श्रृंखलाको फेदीमा अवस्थित छ । यहीबाट बर्दिवास–सिन्धुली–बनेपा सडक शुरु भएर काठमाडौं जाने हुदाँ काठमाडौं प्रवेशका लागि यो पूर्वकै ढोकाको रुपमा रहेको छ ।
१.१.३. नगरको प्रशासनिक विभाजन
निर्वाचन क्षेत्र नं. : १
इलाका संख्या : १ (ईलाका नं. १)
वडा संख्या : १४